नियम
स्वस्थता प्रमाणपत्र लिने सम्बन्धी व्यवस्था
(१) ऐनको दफा १२ को उपदफा (१) वा (२) बमोजिम स्वस्थता प्रमाणपत्र लिन चाहने व्यक्ति वा संस्थाले देहायका कागजात संलग्न गरी निकासीको लागि भएदुई सय रुपैयाँ र पुनः निकासीको लागि भए चार सय रुपैयाँ दस्तुर बुझाएको प्रमाण संहित अनलाइन प्रणाली मार्फत कार्यालय प्रमुख समक्ष निवेदन दिनु पर्नेछ ः–
(क) निकासी गरिने वस्तुको उत्पत्तिको प्रमाणपत्र,
(ख) वन पैदावार भए वन विभागबाट जारी भएको छोड पूर्जी,
(ग) पुरातात्विक महत्वका वस्तु भए पुरातत्व विभागको सिफारिसपत्र,
(घ) निकासी गरिने वस्तुको बिल बिजक (इन्भ्वाइस),
(ङ) पुन निकासी गरिने भए पैठारी गर्ने मुलुकले जारी गरेको पैठारी अनुमतिपत्र,
(च) पुन निकासी गरिने वस्तुको हकमा नेपालमा पैठारी गरिंदा पेश भएको स्वस्थता प्रमाणपत्रको प्रतिलिपि,
(छ) निकासी गर्ने व्यक्तिको आधिकारिक परिचयपत्र वा संस्थाले निकासी गर्ने भए त्यस्तो संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि र
त्यस्तो कामका लागि कसैलाई खटाईएको भए त्यसरी खटाइएको पत्र ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि प्राप्त कागजात र निकासी गरिने वस्तुको नमूनाको आवश्यक जाँचबुझ र परीक्षण गर्दा निवेदकलाई स्वस्थता प्रमाणपत्र दिन उपयुक्त देखेमा कार्यालय प्रमुखले निकासी वा पुनः निकासीको लागि अनुसूची-११ बमोजिमको ढाँचामा ई- फाइटो प्रणालीद्वारा बिरुवा स्वस्थता प्रमाणपत्र दिनेछ।
(३) उपनियम (२) बमोजिम आवश्यक जाँचबुझ र परीक्षण गर्दा स्वस्थता प्रमाणपत्र दिन उपयुक्त नदेखेमा कार्यालय प्रमुखले निवेदन परेको सात दिनभित्र सोको जानकारी अनुसूची–१३ बमोजिमको ढाँचामा सम्बन्धित निवेदकलाई दिनु पर्नेछ ।